आईसिसी टि–२० विश्वकपको ग्लोबल छनोट खेलेर नेपाली क्रिकेट आज स्वदेश फर्कँदै छ। विश्वकपमा छनोट हुन असफल भएको नेपाली टिम शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।
तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ। योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ।
नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो। यस्तै, सेमिफाइनलमा भनेयुएईसँग ६८ रनले पराजित भएको थियो।
प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो।