विश्वकप लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमा रहेका २० खेलाडीलाई प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण दिइरहेका छन्।
सुरुमा बन्द प्रशिक्षणका लागि २८ खेलाडीलाई बोलाइएको थियो । त्यसपछि गत बुधबार १० खेलाडीलाई बाहिर राख्दै सन्दीप लामिछाने र प्रतिश जिशीलाई थप्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा गराउन थालिएको हो।
फागुन २ गतेबाट कीर्तिपुरस्थित टियू मैदानमा नेपालले नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्ने छ। केही दिनको प्रशिक्षणमा टिम छनोट गरिनेछ।
शनिबार कीर्तिपुरस्थि टियू मैदानमा राष्ट्रिय टिमका सदस्यले गरेको प्रशिक्षणका केही तस्बिर :



















तस्बिर : क्यान