नेपाली टिमको बन्द प्रशिक्षण आजबाट

Read Time:3 Minute

कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० सिरिजको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बाइल्याट्रल टि–२० सिरिजको तयारीका लागि आजबाट कीर्तिपुरस्थित टियू मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो ।

बन्द प्रशिक्षणमा १८ खेलाडी सहभागी छन् । जसमा अधिकांश युवा खेलाडी छन् । क्यानले शुक्रबार मात्र १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले सिरियर क्यानले पारस, ज्ञानेन्द्र, सन्दीप र शरदविनै नेपाली टिमको घोषणा गरेको हो ।

करिब एक दशकपछि नेपाली राष्ट्रिय क्रिकेट टिम पारस खड्का र ज्ञानेन्द्र मल्लबिहीन हुने भएको छ भने नेपाली टिममा सन्दीप लामिछाने र शरद भेषावकर पनि हुने छैनन् ।

क्यानले घोषणा गरेको टिमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, आसिफ सेख, कुशल मल्ल, सागर ढलका र दीपेन्द्रसिंह ऐरी छन् । यस्तै, कुशल भुर्तेल, विवेक यादव, लोकेश बम, कमलसिंह ऐरी, भुवन कार्की, अविनाश बोहरा, पवन सर्राफ, कृष्ण कार्की र साहब आलमले नेपाली टिममा स्थान बनाएका छन् । यस्तै, घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै विस्फोटक ब्याट्सम्यानको छवि बनाएका सौरभ खनाल पनि टिममा परेका छन् ।

अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका हुन् भने यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् । क्यानले कप्तानको जिम्मेवारी भने कसैलाई दिएको छ । नेपाली टिमको नियमित उपकप्तान रहेकाले दीपेन्द्रले नेपाली टिमको कप्तानी गर्न सक्ने छन् ।

प्रारम्भिक टिममा रहे पनि सोमपाल कार्मी, कुशल मल्ल र करण केसी भने बन्द प्रशिक्षणमा सहभागी छैनन् । तीनै खेलाडी युएईमा जारी टि–१० लिग खेलिरहेका छन् । टि–१० लिगमा सोमपाल मराठा अरबियन्स, करण पुने डेभिल्स र कुलश टिम अबुधाबीमा आबद्ध छन् । करण र सोमपालले प्लेइङ सेटमा नियमित स्थान बनाउँदा कुशलले भने मौका पाएका छैनन ।

गत मंगलबार बसेको क्यानको बोर्ड बैठक प्रतियोगितामा सहभागी हुने निर्णय गरेको थियोे । प्रतियोगिता कतार स्पोर्टस डेका अवसरमा फेब्रअरी ९–१२ सम्म कतारमा आयोजना हुँदै छ । नेपाली टिमको बन्द प्रशिक्षण आतबारबाट सुरु हुने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी
Next post नेपाल र कतारबीचको टि२० सिरिज स्थागित, नेपाली टिमको बन्द प्रशिक्षण पनि रोकियो
Close