आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम शनिबार साँझ युएई प्रस्थान गरेको छ। नेपालले युएई र पपुवा न्यूगिनीसँग लिग–२ को त्रिकोणात्मक सिरिज खेल्ने छ।
नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ । नेपालले फागुन १८ युएई, फागुन १९ मा पपुवा न्युगिनी र फागुन २२ गते यूएईसँग खेल्नेछ।
सिरिजका लागि क्यानले २ नयाँ अनुहारसहित १५ सदस्यीय टिम घोषणा गरेको छ। जसमा प्रतिश जिशी र मौसम ढकाल नयाँ अनुसार छन्। यस्तै, टिममा अदालतले विदेश जान अनुमति नदिँदा टिममा सन्दीप लामिछाने हुने छैनन् भने आरिफ सेखले टिममा पुनरागमन गरेका छन्।
लिग–२ को शीर्ष तीन रहँदै एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाउन बाँकी दुवै सिरिज महत्वपूर्ण छ। नेपालले दुवै सिरिज युएई र पपुवा न्युगिनीसँग खेल्ने छ। अन्तिम सिरिज घरेलु मैदानमा हुनेछ। २ सिरिजका ८ मध्ये ७ खेल जिते नेपाल तेस्रो हुँदै विश्वकप छनोटमा पुग्ने छ।
नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल