°
, June 2, 2023 in

नेपालको एकदिवसीय वरीयता यथावत

SHARE:

आईसिसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ। यसअघि १५औं स्थानमा रहेको नेपाल आईसिसीको आज गरेको अपटेडमा पनि १५औं स्थानमै छ।

आइसिसी विश्वकप लिग–२को अन्तिम तीन त्रिकोणाात्मक सिरिजका १२ मध्ये ११ खेल जितेपछि नेपालले पछिल्लो २ महिनामा एकदिवसीय वरीयतामा ५ स्थान सुधार गरेको छ।

लिग–२ खेलेका देशमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड मात्र छ। ऊ १२औं स्थानमा छ। यस्तै, ओमान १६औं, नामिबिया १७औं, अमेरिका १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् ।

एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा यथावत हरााद अष्ट्रेलिया दोश्रो, न्युजिल्यान्ड तेश्रो, इंग्ल्यान्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा छन्।

यस्तै, दक्षिण अफ्रिका छैठौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन्।

SHARE: