टि–२० वरियतामा नेपाल एक स्थानमाथि उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सोमबार गरेको टि–२० क्रिकेट वरियतामा अपटेडमा नेपालले एक स्थान सुधार गरेको छ। नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३औँ स्थानमा पुगेको छ।

यसअघि नेपाल १४औं स्थानमा रहेको थियो। टि–२० वरियतामा सुरधा भएपनि नेपाली क्रिकेट टिमले गत वैशखमा कीर्तिपुरस्थित टियू मैदानमा आयोजना भएको त्रिकोणात्मक सिरिजपछि कुनै पनि टि–२० खेल खेलेको छैन।

टि–२० वरियताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड छ । यस्तै, पाकिस्तान दोस्रो, भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

यसैगरी अस्ट्रेलिया छैठौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, बंगलादेश नवौं र श्रीलंका दशौं स्थानमा छ।