नेपाल क्रिकेट संघ (क्यान) आसन्न विश्वकप छनोट प्रतियोगिताको तयारी लागि नेपाली महिला क्रिकेट टिमको प्रारम्भिक घोषणा गरिएको छ। विशवकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्न क्यानले आइतबार २४ सदस्यीय महिला टिम घोषणा गरेको छ।
क्यानले सन् २०२३ को टि–२० महिला विश्वकप छनोटको तयारीका महिला टिमको प्रारम्भिक घोषणा गरेको छ । क्यानले घोषणा गरेको २४ सदस्यीय टिममा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सवनम राई, संगीता राई र सरस्वती चौधरी छन्।
यस्तै, टिममा अनुराधा चौधरी, सुमन खतिवाडा, सरस्वती जिएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउदद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे , विनु बुढामगर, करुणा भण्डारी र सरिता मगर छन्।
