°
, June 4, 2023 in

नेपाली क्रिकेटरलाई राष्ट्रपतिले दिए बधाई

SHARE:

एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट हुने सफल नेपाली क्रिकेट टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले धाई दिएका छन्।

मंगलबार भएको प्रियिमर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै दोस्रो पटक एसिया कपमा पुग्न सफल खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई राष्ट्रपति पौडेलले बधाई दिएका हुन्।

मंगलबार अपरान्ह एक बधाई सन्देश जारी राष्ट्रपति पौडेलले भनेका छन्, ‘खेलका क्रममा नेपाली खेलाडीहरुले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु।’

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना दिएका छन् ।

SHARE: