°
, June 7, 2023 in
0

आईसिसीले पठायो नेपाली क्रिकेटरको एकमुष्ट तलब

SHARE:

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यको तलब पठाएको छ । आईसिसीले नेपाली क्रिकेटरको १ वर्षको एकमुष्ट तबल नेपाल क्रिकेट संघ (क्यान)मा पठाएको हो ।

आईसिसीले सन् २०१९को नेपाली क्रिकेटरको तलब सोमबर क्यानका खातामा पठाएको सचिव अशोकनाथ प्याकुरेलले बताए । क्यानको कन्ट्रयाकमा रहेका २२ खेलाडी र १ भिडियो विश्लेषक गरी २३ जनाको तलब आएको उनले जनकारी दिए ।

‘आइसिसीले १ वर्षको एमुष्ट तबल पठाएकौ । सो रकम क्यानको खातामा आउन अझै तीन दिन लाग्छ’, सचिव प्याकुरेले भने, ‘हाम्रो खातामा पैसा जम्मा भएपछि जतिसक्दो चाँडो खेलाडीको खातामा पठाउने छौं ।’

क्यानले राष्ट्रिय टिममा रहेका खेलाडीलाई तीन ग्रेडमा राखेको छ, सोही अनुसार आईसिसीले तलब दिन्छ । क्यानको आग्रहमा यो पटक आईसिसी नेपाली खेलाडीको तलब प्रत्येक ग्रेडमा १० हजार बढाएर पठाएको छ । गत साउन ३१ गते क्यानले क्रिकेटरको तबल भुक्तानीका लागि आईसिसीमा औपचारिक पत्र पठाएको थियो ।

अब ए ग्रेडमा रहेका खलाडीले मासिक ४५ हजार, बी ग्रेडमा रहेकाले ३५ र सी ग्रेडका खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् । ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन् । यो ग्रेड निर्धारण क्यानले २०७५ पुसमा गरेको हो । अब क्यानले नयाँ ग्रेड निर्धारणका लागि तीन सदस्यीय समिति नै बनाएको छ । सन् २०२०बाटै नयाँ ग्रेड लागू हुने बताइएको छ ।

निलम्बन फुकुवा भएपनि क्यानको सम्पूर्ण गतिपविधि आईसिसीकै निगरानीमा हुँदै आएको छ । सोही तलब पनि आईसिसीले नै पठाएको हो । अघिल्लो वर्ष सन् २०१७ र १८को एक मुष्ट तलब दिएको थियो ।

कुन ग्रेडमा को ?

ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

ग्रेड बी : आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी

ग्रेड सी : रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *