खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटरले बुझाए क्यानलाई स्पष्टीकरण

नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेटले नेपाल क्रिकेट संघ (क्यान)ले सोधेको स्पष्टी करणको जवाफ दिएका छन्। कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरणको जवाफ बुधबार क्यानलाई बुझाएका हुन्।

क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै मिडियामा त्यसको विरोध गरेका थिए । त्यसपछि क्याउनले उनीहरुलाई लिखित स्पष्टीकरण सोधेको थियो ।

सो विवादसम्बन्धी छानविन गर्न क्याले कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय समिति गठन गरेको छ। जसमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास छन्।

नयाँ सम्झौतामा सोमपाल कामीलाई ‘बी’ ग्रेडमा राखिएको छ भने रोहितकुमार पौडेल वर्गीकरणमै परेका छैनन्। यता, गुल्सन झा पनि वर्गीकरणमा अटाएका छैनन्। उता, कमलसिंह ऐरीले आफूलाई ‘सी’ ग्रेडमा राखिएपछि असन्तुष्टि जनाएका थिए।