नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्खास्त आव्हान गरेको छ । गत माघमा उमेश पटवालले राजिनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक नियुक्तीका लागि क्यनले बिहीबार दर्खास्त आव्हान गरेको हो ।
यस्तै क्यनले मुख्य प्रशिक्षकसहित अन्य ४ पदका लागि पनि दर्खास्त आव्हान गरेको छ । क्यानले बिहीबार क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजर तथा प्रदेश प्रशिक्षकका लागि पनि निवेदन माग गरेको छ । क्यानले अन्य पदमा १ जना र प्रदेश प्रशिक्षकमा ७ जनाको माग गरेको छ ।
इच्छुक इच्छुक व्यक्तिहरुले असोज ७ गतेसम्म बायोडाटा र आफू इच्छुक भएको पत्रसहित निवेदन पठाउनु पर्ने छ । क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को समन्वयमा दर्खास्त आव्हान गरेको हो ।
यसअघि क्यानको कार्यसम्पादन समितिको बैठकले साउन पहिलो साता नै पदपूर्तिका लागि दर्खास्ता आव्हान गर्ने निर्णय गरेको थियो । तर, आइसिसीले तत्काल प्रक्रिया अगाडि नबढाउन भनेपछि पदपूर्तिको प्रक्रिया रोकिएको थियो ।