बंगलादेश पुगेका एक नेपाली खेलाडीमा कोरोना संक्रमण

Read Time:1 Minute

मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । खेलअघि ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो ।

एन्फा स्रोतका अनुसार कोरोना देखिएको ती खेलाडीलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ ।

कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि नेपालमै गरिएको परिक्षणमा ७ खेलाडीमा कोरोना देखिएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मैत्रीपूर्ण खेलमा पोर्चुगलको सानदार जित, घरमै हार्‍यो फ्रान्स
Next post मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित
Close