इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाली टिम फाइनल पुगेलगत्तै देउवाले सामाजिक सञ्जालमार्फत नेपलाी टिमलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री देउवाले नेपाली टिमलाई बधाई दिँदै उपाधि जित्न नेपाली टिमलाई शुभेच्छा पनि दिएका छन्। उनले टिमलाई प्रोत्साहन पनि प्रदान गर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले के प्रोत्साहन दिन भन्नेबारे चाहिँ उल्लेख गरेका छैनन्।
प्रधानमन्त्री देउवाले ट्वीटमा लेखेका छन् , ुसाफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।ु