दशरथ रंगशाल योग्य नभएपछि नेपालले विश्वकप छनोटको होम म्याच पनि बहराइनमै खेल्ने

11 Mar, 2024

नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप छनोटको बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्ने भएको छ।

छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो। यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ।

तर, नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो।

अब नेपाल र बहराइनबीच चैत ८ गते हुने खेल बहराइनमा हुने भएको छ। यसको आधिकारिक घोषणा हुन भने हुन बाँकी छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ। नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो ।

अब नेपालले बहराइनसँगको दुवै खेल उसैको मैदानमा खेल्नेछ। त्यसपछि भूएईसँगको होम म्याच र यमनसँगको अवे म्याच आगामी जुनमा हुनेछ ।