थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण फुटबल खेलका लागि एन्फाले आइतबार कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले बिदाइ गरे। खेलाडीलाई बिदाई गर्दै एन्फा अध्यक्ष शेर्पाले खेलाडीको मनोबल, टिम भावना, प्रशिक्षकको प्रतिबद्धताले गर्दा थाइल्याण्डमा राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताए।
‘नेपालमै खेलाउन खोजेको टिम ल्याउन सकेनौं । धेरै निमन्त्रणा थियो, त्यसमा आसियन मुलुक थाइल्यान्डसँग खेल्ने भएका छौं’, शेर्पाले भने, ‘एएफसी एसियन कप छनोटमा राम्रो नतिजा ल्याउन राष्ट्रिय टिम थाईल्याण्डको राष्ट्रिय टिम र चोङ्गबुरी क्लबसँग खेल्न जाँदैछ ।’
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । नेपालले चैत १० गते थाइल्यान्डसँग खेल्ने छ भने चैत १३ गते थाइल्यान्डकै शीर्ष डिभिजनको क्लब चुनबुरीसँग खेल्नेछ ।
आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।
थाइल्यान्ड जाने नेपाली टिम
किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द