एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाका अनुसार नेपालले घरेलु मैदानमा २ मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो।
नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाका अनुसार नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले त्यसलाई स्वीकार गरेको हो ।
छनोटका लागि नेपाली राष्ट्रिय टिमले तयारी तिव्र पारेको छ । झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।
कुवेतमा हुने छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ ९जेठ २५ गते० मा खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जुन ११ ९जेठ २८ गते० मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ ९जेठ ३१ गते० मा खेल्नेछ । नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो ।