°
, June 7, 2023 in

साफ च्याम्पियनसिपका लागि एनेसले रणनीतिक प्रशिक्षण दिने, २६ खेलाडीलाई बोलाए टिममा

SHARE:

आसन्न साफ च्याम्पियनसिपका नेपाल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले खेलाडीलाई रणनीतिक प्रशिक्षण दिने भएका छन्।

प्रशिक्षणका लागि एनेसले २६ खेलाडीलाई टिममा बोलाएका छन्। रणनीतिक प्रशिक्षण शुक्रबार दशरथ रंगशालामा हुनेछ।

हाल शहीद स्मारक ए डिभिजन लिग जारी रहेकोले प्रशिक्षक एनेसले खेलाडीहरुलाई फरक किसिमले प्रशिक्षण दिन लागेका हुन्।

डबल राउण्ड रोविन लिग प्रणाद्यीमा भइरहेको लिग आगामी जेठसम्म चल्नेछ । जसले गर्दा नेपालले लिग सकिए लगत्तै साफ च्याम्पियनसिपका लागि तयारी गर्ने समय धेरै पाउने छैन ।

एनेसले ट्याक्टिकल ट्रेनिङका लागि २६ खेलाडी बोलाएको एन्फाले जनाएको छ ।

खेलाडी सूची

गोलकिपरः अनिश देउला (जावलाखेल), दीप कार्की (मनाङ), अभिषेक बराल (सातदोबाटो)।

डिफेन्डरः सनिश श्रेष्ठ (एपिएफ), विकास खवास (आर्मी), अनन्त तामाङ (चर्च बोइज), छिरिङ गुरुङ र देवेन्द्र तामाङ (मछिन्द्र), आदित्य चौधरी (जावलाखेल), निशान्त खड्का (संकटा), आशिष गुरुङ (मनाङ)।

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च बोइज), नवीन लामा र मणिकुमार लामा (एपिएफ), कमल थापा (मनाङ), सेसेहाङ आङ्देम्बे (आर्मी), दिपेश गुरुङ (थ्री स्टार)।

स्ट्राइकरः आयुष घलान र मनिष डाँगी (संकटा), नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की (आर्मी), अन्जन विष्ट र आशिष चौधरी (चर्च बोइज), दिपकराजसिंह ठकुरी (सातदोबाटो), विमल घर्तिमगर (मछिन्द्र)।

SHARE: