नेपालले जेठमा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले अर्को महिला फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल र फिलिपिन्सबीचको खेल उसकै मैदानमा जेठ २९ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपालले पहिलो पटक बलियो टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। फिफा वरियतामा नेपाल १७४औं स्थानमा छ भने फिलिफिपिन्स १३६औं स्थानमा छ।

फिलिपिन्स र नेपाल हालसम्म ६ पटक भिडेका छन्, जसमध्ये फिलिपिन्सले ४ खेल जितेको छ भने नेपालले १ खेल मात्र जितेको छ। १ खेल बराबरीमा सकिएको छ।

यो खेल मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको पहिलो विदेश भ्रमण हुनेछ।