समाचार

साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टिम घोषणा

आसन्न साफ च्याम्पियनसिपका लागि प्रारम्भिक नेपाली टिम घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मंगलबार राति ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्।

जारी सहिद स्मारक ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक एनेसले टिम छनोट गरेका हुन्।

असार ६ देखि भारतमा हुने साफ च्याम्पियनसिपमो १४औं संस्करणमा नेपाल भारत, पाकिस्तान र कुवेतसँर्ग समूह एमा छ। समूह बीमा माल्दिभ्स, बंगलादेश, भुटान र लेवनान छन्।

अघिल्लो संस्करणको फाइनलिस्ट नेपालले असार ६ मा कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले असार ९ गते आयोजक भारतसँग खेल्नेछ। तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल हुनेछ। समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

प्रारम्भिक टोली

गोलकिपर : किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिस गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन

मिडफिल्डर : पुजन उपकरोटी, एरिक विष्ट, नविन लामा, मणि कुमार लामा, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्ड : आयुष घलान नवयुग श्रेष्ठ, दिपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तिमगर, जिलेस्पी जंग कार्की, दिनेश हेम्जन