साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिम स्वदेश फर्कियो

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल मिट स्वदेश फर्किएको छ । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर नेपाली टिम सोमबार स्वदेश फर्किएको हो।

पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फा पदाधिकारीले स्वागत गरेका थिए। सो अवसरमा मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरेका थिए।

नेपालालाई पहिलो पटक साफ च्याम्पियनसिप फाइलन पुर्‍याएलगत्तै प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह अलमुतइरी भने नेपाल फर्किएनन्। उनी माल्दिभ्सबाटै कुवेत गएका छन्।

५ टिम सहभागी प्रतियोगितामा उपविजेता हुँदै पहिलो पटक फाइनल पुगेको नेपाल फाइनलमा भारतसँग ३–०ले पराजित भएपछि उपविजेतामै सीमित भएको थियो।