माल्दिभ्समा फुटबलरकाे उल्लासपूर्ण दसैं

नेपाली राष्ट्रिय फुटबल टिम यतिखेर माल्दिभ्समा छ । साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको नेपाली टिमले माल्दिभ्समै दसैं मनाएको छ।

नेपाली टिमले आपसमा टिका लगाउँदै दसैं मनाएको छ। पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेका नेपाली टिमा उत्साहित छ।

नेपालले शनिबार साफ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग खेल्ने छ। ५ टिम सहभागी साफ च्याम्पियनपसिपमा नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो भने भारत समूह विजेताका रुपमा फाइनल पुगेको हो।