दक्षिण सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको नेपाली फुटबल टिमको फिफा वरियता भने खस्किएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झरेको हो।
नयाँ वरियता अनुसार १ स्थान तल झर्दै नेपाल १६९औं स्थान आइपुगेको छ । साफ च्याम्पियसिपका ५ खेलमा नेपालले २ जित, १ बराबरी र २ हारको नतिजा निकालेको थियो।
दक्षिण एसियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । साफको च्याम्पियन भारत १०६ र माल्दिभ्स १५६औं स्थानमा छन्। यस्तै, बंगलादेश १८७, भुटान १८६, पाकिस्तान १९७ र श्रीलंका २०४ औं स्थानमा छन्।