२३ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ, एजनाको पुनः परीक्षण गरिने

विश्वकप छनोटको बन्द प्रशिक्षका सुरु गर्नका लागि गरिएको नेपाली राष्ट्रिय फुटबल टिमका २३ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार पाटन अस्पतालमा २३ खेलाडीसहित २९ जनाले स्वाब दिएका थिए, त्यसमध्ये एजनाको भने पुनः परीक्षण गरिने भएको छ ।

यसअघि सोमबार गरिएको स्वाब संकलन गरिएका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट बुधबार नै नेगेटिभ आएको थियो । एन्फाले ३४ खेलाडी, अफिसियल, प्रशिक्षक, होस्टल स्टाफसहित ५४ जनाको कोरोना परीक्षण गराएको थियो । जसमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको पुनः परीक्षण गर्नुपर्ने एन्फाले जनाएको छ ।

मंगलबार स्वाब दिने खेलाडीहरुमा तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङ्दम्बे, बिक्रम लामा, अमत तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ र सुनील बल छन् । यस्तै अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठले पनि मंगलबार नै स्वाब दिएका थिए ।

त्यस्तै मंगलबार नै टिम म्यानेजर मधुसुदन उपाध्याय, कृष्णभक्त मानन्धर, गोलकिपिङ प्रशिक्षक विकास मल्ल, सञ्‍चारका विवेक सुवेदी र युजल श्रेष्ठ र चिकित्सक राजु डंगोलले पनि स्वाब दिएका छन् ।

भदौ १ देखि विश्वकप छनोटको लागि प्रशिक्षण सुरु गर्ने लक्ष्यका साथ एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको थियो । तर, एसियाली फुटबल महासंघ ९एएफसी० ले विश्वकप छनोटका खेलहरु २०२१ मा सारेपछि प्रशिक्षण स्थगित भएको छ र खेलाडीहरुलाई पनि घर पठाइएको छ ।