नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा, एरिक र प्रकाश सहभागी नहुने

साफ च्याम्पियनसिप र एसियन कपको तेस्रो चरणको छनोटको तयारीका रहेको नेपाली फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट पुनः सुरु हुने भएको छ। गत महिना नै सुरु भएको प्रशिक्षण १० दिन रोकिएको थियो ।

नेपाली फुटबल टिमको अबको बन्द प्रशिक्षण पोखरामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाका अनुसार पोखरामा हुने बन्द प्रशिक्षणमा मिडफिल्डरद्वय प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने एन्फाले जनाएको छ।

एन्फाले उनीहरुको स्थानमा शिशिर लेखी, सेसेहाङ आङदेम्बे बन्द प्रशिक्षणमा सामेल हुने छन्। एन्फाका अनुसार गोलकिपर विशाल सुनार पनि सहभगाी हुने छन्। पोखरामा हुने बन्द प्रशिक्षणमा ३६ खेलाडी सहभागी हुने छन्।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले त्यसपछि भारतसँग २ मैत्रीपूर्ण खेल खेल्न छ । नेपालले दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्ने छ।