एसियन कप फुटसल छनोटमा नेपाल लगातार दोस्रो हार बेहोरोको छ। सोमबार भएको खेलमा नेपालले ताजकिस्तानसँग झण्डै दर्जन गोल बेहो¥यो।
किर्गिस्तानको विश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार ताजिकिस्तानसँग ११–१ गोल फराकिलो अन्तरले पराजित भयो । योसँगंै नेपाल प्रतियोगिताबाट बाहिरिउको छ।
ताजकिस्तानका लागि सर्डोरोभ फेजली, हालीमोभ सबोट,योरोभ इद्रिस र रिजमोभ सामन्दरले समान २ गोल गरे।
खेलमा अग्रता भने नेपालले लियो । नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको राम्रो सुरुवात गरेको नेपालले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन ।
पाँचौ मिनेटमा योरोभ इद्रिसले ताजकिस्तानका लागि पहिलो गोल गरे । पहिलो हाफमा १–१ बराबरीमा रोकिएको खेल ताजकिस्तानले दोस्रो हाफ पूरै कब्जामा लिदैं फराकिलो जित हात पारेको हो ।
कुजिभ उमिदले २१ औं मिनेटमा दोस्रो गोल गरे भने ३१औं मिनेटमा सर्डोरोभ फेजलीले गोल गर्दै टिमलाई ३–०को अग्रता दिलाए । ३२औं सरोज तामाङले आफ्नै पोष्टमा गोल गरेपछि नेपाल ४–०ले पछि प¥यो। एक मिनेटपछि नै सर्डोरोभ फेजलीले गोल गर्दै टिमलाई ५–०को अवस्थामा ल्याए।
त्यसपछि ३३ र ३४औं मिनेटमा हलिमोभ सबोट गोल गरेपछि नेपाल ७–०ले पछि प¥यो । त्यसपछि कुजिभ उमिदले ३४, रिजमोभ सामन्दरले ३६ र ३७ तथा यारोभ इद्रिसले खेलको अन्तिम मिनेटमा गोल गरेपछि नेपाल व्याक्तिगत दोस्रो र ताजकिस्तानका लागि ११ औं गोल गर्दै फराकिलो जित दिलाएका हुन् ।
पहिलो खेलमा नेपालले आइतबार उज्वेकिस्तानसँग ५–१ को हार बेहोरेको थियो । अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।