
जुनियर कबड्डी विश्वकप खेल्न नेपाली टिम इरान प्रस्थान
Read Time:1 Minute
दोश्रो जुनियर विश्व कबड्डी विश्वकप खेल्न नेपाली टिम इरान प्रस्थान गरेको छ। १० खेलाडीसहितको १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको हो।
फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन्।
प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन्।प्रतियोगितामा १४ राष्ट्रको सहभागिता रहने छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे।