नेपाली पुरुष भलिबलका स्टार खेलाडी मानबहादुर श्रेष्ठले ३ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका छन् । मानबहादुरले एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपका घोषणा गरिएको टिममार्फत राष्ट्रिय टिममा कमब्याक गरेका हुन्।
नेपाल भलिबल संघले प्रतियोगिाका लागि मानबहादुरलाई समेट्दै १२ सदस्यीय टिम घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका १६ खेलाडीबाट टिम घोषणा गरिएको हो। टिममा मानबहादुरसँगै भैरव बमले पनि कमब्याक गरेका छन् । बन्द प्रशिक्षणबाट लिब्रो ईश्वर थापा, दीपकराज जोशी, रबिन चन्द र धिरज बस्नेत बाहिरिएका छन्।
नेपाली टिमले दुई वर्षअघि नेपालमा भएको १३ औं साग खेलेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप यही डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा हुँदैछ ।
नेपाली टिम ः इम रानामगर, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, हरिहजुर थापा, विशाल विक, राजेन्द्र विष्ट, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, भैरवबहादुर बम, हरिबहादुर अधिकारी, शरण समारी क्षेत्री, विनोद चन्द ।