बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टिमले दोस्रो जित निकालेको छ।
बंगलादेशको राजधानी ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार सम्पन्न खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो।
नेपालले माल्दिभ्समाथि २७–२५, २५–१९ र २५–२३ को सेटमा जित निकालेको हो।
जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ। नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ। माल्दिभ्स अंकविहीन रहेको छ।