पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता, जित्यो झण्डै ४ करोड

पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

उपविजेता बनेको नेपाली टिम डिआरएसले कुल २ लाख ९२ हजार डलर अर्थात् (३ करोड ८६ लाख रूपैयाँ) पुरस्कार पाएको छ। विजेता बनेको टर्कीको एस२जी इस्पोर्ट्सले ५ लाख १० हजार डलर प्राप्त गरेको छ।

डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो। डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सिइओ भिक्टर पौडेल हुन्।

यो प्रतियोगितामा नेपालको अर्को टोली ट्रेन टु किलले पनि सहभागिता जनाएको थियो। ट्रेन टु किल तेह्रौं हुँदै १ लाख ३२ हजार डलर पुरस्कार पाएको छ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो।