लनटेनिस टोली शुक्रबार श्रीलंका जाने

Read Time:1 Minute

आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिता ९एसिया ओसिएना प्रि क्वालिफाइङ० मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दै छन् ।

फेब्रुअरी १४ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसपछि कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले खेल्ने छन् । सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् ।

टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एनएनआईपिए स्पोर्टस अवार्ड फागुनमा, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख दिइने
Next post टेन्डी लामाको स्मृति बास्केटबल हुने
Close