यू–२० साफ च्याम्पियनसिपका लागि नेपाली महिला टिमको बिदाइ

Read Time:2 Minute

बंगलादेशमा आयोजना हुने यू–२० महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फ)ले मंगलबार एक कार्यक्रम आयोजना गर्दैै युवा महिला टिमको बिदाइ गरेको हो।

नेपाली टिमलाई एन्फाका कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्य पुरुषोत्तम थापा, पेमा डोल्मा लामा र सरिला श्रेष्ठ तथा महासचिव किरण राईलगायले बिदाइ गरे।

फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने यू–२० महिला साफ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमको सहभागीता हुनेछ ।

नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ भने फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ।

सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्।

नेपाली टिमकाे कप्तानी प्रीति राईले गर्ने छिन भने टिमकाे मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन्।

नेपाली टोली :

गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

स्ट्राइकर : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

Happy
Happy
28 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
5 %
Previous post बायर्नले भित्र्यायो म्यान्चेस्टर सिटीका स्टार डिफेन्डर
Next post वर्ल्ड टेनिस टुरमा नेपालका अकी र आरभको जोडीलाई सफलता
Close