एसियन कप छनोटमा ताजकिस्तानसँग भिड्दै नेपाल, छनोट आशा जीवित राख्न जित्नै पर्ने

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेल खेल्दै छ। छनोटका समूह बीमा रहेको नेपालले आज घरेलु टोली ताजिकिस्तानको सामान गर्दैछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार ७ः४५ बजे हुनेछ।

यू २३ एनियन कप खेल्ने लक्ष्यसहित ताजकिस्तान पुगेको नेपाली टिमलाई सो लक्ष्य प्राप्तिका लागि ताजकिस्तानविरुद्ध निश्चित जित चाहिएको छ। पहिलो खेलमा इरानसँग ४–०ले पराजित भएकाले छनोट आशा जीवितै राख्ने नेपाललाई निश्चित जित चाहिएको हो।

यता, ताजकिस्तान भने लातगार दोस्रो जित निकाल्दै एसियन कप पुग्ने सम्भावनालाई थप बलियो बनाउन चाहन्छ । पहिलो खेलमा उसले लेवनानलाई हराएको थियो।

समूह बीमा सुरुआती खेल जितेका इरान र किस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ।

नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ।

समूहको शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन्।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।