
नेपाली भलिबल टिम बंगलादेश प्रस्थान, पहिलो खेल आयोजक बंगादेशसँग
नेपाली यू–२३ भलिबल टिम बंगलादेश प्रस्थान गरेको छ। यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिम मंगलबार ढाका प्रस्थान गरेको हो।
बंगलादेश गएको नेपाली टिममा धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ छन्।
च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ। च्याम्पियनसिपमा नेपालका महिला र पुरुष दुवै टिम सहभागी हुने छन्। महिला टिम केही दिनपछि बंगलादेश जाने छ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ।
नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग पुस ७ गते खेल्ने छ भने ८ गते श्रीलंका र ९ गते किर्गिस्तानसँग खेल्ने तालिका छ। लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल खेल हुनेछ।