
नेपाली भलिबल टिम लगातार दोस्रो खेलमा पराजित
Read Time:1 Minute
बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकाको हातबाट ३–० को सोझो सेटमा पराजित भएको हो ।
श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यस हारपछि नेपालको उपाधिको सम्भावना पनि समाप्त भएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो ।
अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ।
चार टिम सहभागी प्रतियोगितामा नेपालले दुई खेलमा पराजित भएको छ। तर, नेपालले फाइनल प्रवेशका लागि अवसर भने पाउने छन्। लिग सकिएपछि सेमिफाइनलमा शीर्ष र चोथौ तथा दोस्रो र तेस्रो टिमबीच प्रतिस्पर्धा हुनेछ।