बंगलादेशविरुद्ध खेल्ने यस्तो छ नेपाली टिम, नवयुग, आयुष र अन्जन पहिलो रोजाइमा

साफ च्याम्पियनसिपको अन्तिम खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुआती ११ घोषणा गरेका छन्। अलमुताइरीले भारतविरुद्ध खेलेको टिममा ३ परिवर्तन गर्दै सुरुआती ११ घोषणा गरेका हुन्।

भारतविरुद्ध खेलेका मनिष डाँगी, सुमन अर्याल र सुमन लामालाई बेन्चमा राख्दै अलमुताइरीले अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानलाई टिममा राखेका छन्। यी तीनै खेलाडी भारतविरुद्ध वेन्चमा थिए ।

नेपाली टिमः किरण चेम्जोङ, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ ।