एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको महिला र पुरुष टिमको खेल आज

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको खेल आजदेखि बंगलादेशमा सुरु हुँदैछ। प्रतियोगितामा नेपालका महिला र पुरुष दुवै टिम सहभागी छन् ।

नेपालको महिला टोलीले आज श्रीलंकाको सामना गर्नेछ भने पुरुष टिमले बंगलादेशसँग खेल्ने तालिका छ ।

नेपाल र श्रीलंकाबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ भने नेपाल र बंगलादेशबीचको खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ।प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन्।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

पुरुषतर्फ बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानमा सहभागी छन् भने महिलातर्फ नेपालसँगै बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी छन्।

Facebook Comments Box