प्रशिक्षक भट्ट भन्छन्– ‘स्वभाविक खेल खेल्न सकेनौं, त्यसैले श्रीलंमाविरुद्ध दबाबमा पर्‍यौं’

Read Time:1 मिनेट

आजबाट बंगलादेशमा सुरु भएको एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्जकपमा नेपाली महिला टिमले श्रीलंकाविरुद्ध संघर्षपूर्ण जित निकाल्यो । बिहीबार दिउँसो भएको खेलमा २ सेटले पछि परेको अवस्था उल्टाउँदै नेपालले श्रीलंकामाथि ३–२को जित निकालेको छ।

खेलपछि नेपाली प्रशिक्षक जगदीश भट्टले पहिलो खेलमा दबाब परेको प्रतिक्रिया दिए । ‘श्रीलंकालाई साउथ एसियन गेममा हराएको हुनाले हामीलाई जित्ने पर्ने दबाव थियो नै । हाम्रो खेलाडी सुरूआती दुई सेट अत्यन्तै दबावमा खेल्नुपर्‍यो,’ उनले भने ।

प्रशिक्षक भट्टले सुरुआती सेटमा टिमले स्वभाविक खेल खेल्न नसकेको बताए। ‘सुरुवाती सेटमा स्वाभाविक खेलको २० प्रतिशत खेल पनि खेल्न सकेनौं । सोही कारण सुरुआती दुई सेट गुमाउनुपर्‍यो,’ प्रशिक्षक भट्टले भने, ‘टोलीको प्रदर्शनमा सन्तुष्ट छैन । सर्भिस, स्पाइक र रिसिभको प्वाइन्ट अफ भ्यूबाट सन्तुष्ट छैन ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन सेन्ट्रल जोन भलिबलमा श्रीलंकामाथि नेपाली महिला टिमको पुनरागमन जित
Next post क्यानका खेलाडी छनोट समितिका संयोजक दिए राजीनामा
Close