एसियन सेन्ट्रल जोन भलिबलमा माल्दिभ्स सहभागी नहुने, पदक जित्ने नेपालकाे सम्भावना बलियाे

बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ। प्रतियोगितामा अब नेपालसहित ४ टिम मात्र सहभागी हुनेछन्।

प्रतियोगिताबाट माल्दिभ्सले नाम फिर्ता लिएसँगै आयोजक प्रतियोगिताका तालिका पनि परिर्माजन गरेको छ । नेपालसँगै आयोजक बंगलादेश, श्रीलंका र उज्वेकिस्तान रहेको प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने छ।

अब नेपालले बिहीबार पहिलो खेलमा घरेलु टोली बंगलादेशसंग खेल्ने भएको छ । नेपालले शुक्रबार उज्वेकिस्तान र आइतबार श्रीलंकासँग खेल्नेछ ।

कम्तीमा शीर्ष तीनमा रहेर पदक जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपालका लागि माल्दिभ्स नआउने भएपछि केही सहज बनेको छ।