नेपाली भलिबल टिमलाई केल्मीको साथ

अन्तराष्ट्रिय स्पोर्ट्स साग्रगी उत्पादन कम्पनी कम्पनी केल्मीले नेपाली राष्ट्रिय भलिबल टिमलाई प्रायोजन गर्ने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच केल्मी र नेपाल भलिबल संघले प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

केल्मी र नेपाल भलिबल संघबीच दुई वर्षका लागि प्रायोजन सम्झौता भएको छ । सम्झौता अनुसार केल्मीले राष्ट्रिय पुरुष तथा महिला टोलीका लागि जर्सी, जुत्ता, ट्रेनिङमा प्रयोग हुने पोशाकलगायत अन्य सामाग्री उपलब्ध गराउनेछ।

अन्तराष्ट्रिय प्रतियोगितामा समेत स्थानीय उत्पादन लगाएर खेल्दै आएका भलिबल खेलाडीहरुलाई स्पेनको केल्मीले उत्पादन गरेको सामग्री प्रयोग गर्ने छन् ।
केल्मीले नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरिरहेको छ ।

नेपालमा प्रख्यात रहेका खेलहरुसँग आबद्ध हुने नीति अनुरुप भलिबललाई प्रायोजन गरेको केल्मे नेपालका कन्ट्री डाइरेक्टर उत्तम न्यौपानेले बताए । उता नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन शर्मा र महासचिव जितेन्द्र बहादुर चन्दले केल्मले भलबलसँग सहकार्य गर्दा राष्ट्रिय खेल र केल्मे ब्राण्ड दुबै पक्षलाई फाइदा हुने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.