टि–२० विश्वकप छनोटमा नेपाली महिला टिम विजयी, भुटान ८ विकेटले पराजित

आइसिसी टि–२० महिला विश्वकपको एसियन छनोटमा नेपाली महिला टिम विजयी भएको छ। मंगलबार दुबईमा भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि इन्दू बर्माले सर्वाधिक १८ रन बनाउँदा सीता रानामगरले १७ र कप्तान रूबिना क्षेत्रीले १० रन बनाइन्। भुटानकी टासी चेकीले १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ। छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले ुमान २ अंक जोडेका छन्।