°
, June 7, 2023 in
0

पहिलो पटक महिला क्रिकेटरको सेन्ट्रल कन्ट्रयाक्टमा

SHARE:

नेपाली महिला क्रिकेटर पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समेटिएका छन् । चितवनमा बसेको क्यनको बोर्ड बैठकले महिला क्रिकेटरलाई केन्द्रिय सम्झौतामा समेट्दै खेलाडीको वर्गिकरण सर्वाजनिक गरेको छ ।

क्यानले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा समावेस गरेको छ । उनीहरुलाई ३ श्रेणीमा विभाजन गरिएको छ । सोही अनुसार क्यानले महिला क्रिकेटरलाई अब तलब दिने छ ।

क्यालने गरेको वर्गीकरण अनुसार ए श्रेणीमा ५, बी श्रेणीमा ८ र सी श्रेणीमा ६ जना क्रिकेटर छन् । जसअनुसार ए श्रेणीका महिला क्रिकेटरले मासिक १५ हजार, बी श्रेणीकाले १२ हजार र सी श्रेणीका क्रिकेटरले मासिक १० हजार रुपैयाँ पउाने छन् । यो पुरुष क्रिकेटरको तुलनामा भने निकै कम हो ।

सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने महिला क्रिकेटर

‘ए’ श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

‘बी’ श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर

‘सी’ श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *