टि–२० विश्वकप छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ। महिला टि–२० विश्वपकको एसियन छनोटका लागि नेपाली टिमको बन्द प्रशिक्षण बुधबारबाट कीर्तितपुरस्थित टियू मैदानमा सुरु भएको हो।
युएईमा हुने विश्वकपको एसियन छनोटका लागि प्रशिक्षक जगत टमटाले शनिबार मात्र २४ सदस्यीय प्रारम्भिक टिम छनोट गरेका थिए । छनोट प्रतियोगिता नोभेम्बरमा आयोजना हुनेछ।
बन्द प्रश्क्षिमा रहेको नेपाली टिममा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई र संगीता राई छन्। यस्तै, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम र रेवती धामी पनि टिममा छन्।
यसैगरी लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगरल बन्द प्रशिक्षणमा सहभागी छन्।