नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान गरेको छ। कतारसँग टि–२० सिरिज खेल्नका लागि नेपाली टिम आइतबार बिहान कतार प्रस्थान गरेको छ।
आईसीसी महिला टि–२० विश्वकपको एसियन छनोट खेल्ने तयारीमा रहेको नेपालले त्यसैका लागि कतारसँग ३ खेलका टि–२० सिरिज खेल्न लागेको हो। नेपाली महिला टिममले पहिलो पटक टि–२० सिरिज खेल्न लागेको हो।
कतारसँग टि–२० सिरिज खेलिसकेपछि नेपाली टिम उतैबाट विश्वकपका एसियन छनोट खेल्न दुबई जाने छ । नेपाली टिम १९ नोभेम्बरमा दुबई जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टि–२० विश्वकपको एसियन छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।
कतार जानुअघि नेपाली टिमले बंगलादेशमा १ साता तयारी गरेको थियो । त्यहाँ नेपाली टिममले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन अभ्यास खेल खेलेको थियो । नेपाली टिम २–१ ले विजयी भएको थियो।
एसियन छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछ । जसमा नेपालसँगै भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । छनोट प्रतियोगिताको विजेताले ग्लोबर छनोट खेल्नेछ।