नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ। प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ ।

प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले शनिबार प्यालेस्टानलाई ४–० ले हरायो र समूहको शीर्ष स्थानमा रह्यो। नेपालको तीन खेलबाट नौ अंक भएको छ। प्यालेस्टाइन भने उप–विजेता रह्यो ।

नेपालका लागि साउदी अरेबियाको जेद्दामा भउको खेल सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता राना एक एक गोल गरे । सावित्राले ४० औं मिनेटमा पहिलो गोल गरेपछि ५९ औं मिनेटमा रेखाले दोस्रो गोल थपिन्

सावित्राले ७८ औं मिनेटमा तेस्रो गोल गरिन्। चौथो गोल भने गीताले पेनाल्टीबाट दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गरेकी हुन् । दुवै सेमिफाइनल मंगलबार हुनेछन्।

Back To Top