फोर नेसन्स कप खेल्न नेपाललाई भारतको प्रस्ताव

फोर नेसन्स कप फुटबलका लागि भारतले नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रस्ताव गरेको छ। एसिया कपको तयारीमाका लागि भारतले ‘फोर नेसन्स कप’को आयोजना आयोजना गर्न लागेको हो । त्यही प्रतियोगिताका लागि नेपाली महिला टिमलाई पनि प्रस्ताव गरेको हो।

प्रतियोगिता डिसेम्बर ९ देखि २१ तारिखसम्म आयोजना गर्ने भारतीय फुटबल फेडेरेसनको तयारी छ । प्रतियोगिताका लागि भारतले थाइल्यान्डलाई पनि प्रस्ताव गरेको बताइएको छ।

फोर नेसन्स कपका लागि भारतले नेपाललाई प्रस्ताव गरेको एन्फाले जनाएको छ। एन्फा पनि प्रतियोगिता सहभागी इच्छुक भएको र केही दिनमै टुंगो लाग्ने बताइएको छ।

एसिया कपको छनोट खेलर आएपछि नेपाली महिला फुटबल टिम निष्कृय बसेको छ ।