फिफा वरियतामा नेपाली महिला फुटबल टिम एक स्थान तल झरेको छ। फिफाले शुक्रबार अपडेट गरेको नयाँ वरियतामा नेपाली महिला टिम एक स्थान तल झर्दै १०१औं स्थानमा आइपुगेको छ।
नेपाली महिला टिमले विगत २ वर्षयता कुनै पनि प्रतियोगिता खेलेको छैन । अहिले नेपाली टिम एएफसी महिला एसियन कप छनोटको तयारीमा छ।
नेपाली टिम एसियन वरियतामा २१औं स्थानमा छ भने दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने दोस्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा अघि भारतमात्र छ। ऊ ५७औं वरियतामा छ।
फिफा वरियताका शीर्ष स्थानमा अमेरिका छ। ओलम्किप महिलाप फुटबलको रजत पदक विजेता स्वीडेन दोस्रो स्थानमा उक्लँदा जर्मनी तेस्रो स्थानमा झरेको छ। नेदरल्यान्ड्स चौथो र फ्रान्स पाँचौं स्थानमा छन्।