घरेलु मैदानमा आयोजना हुने पेरिस ओलम्पिकको एसिया छनोटका लागि मुख्य प्रशिक्षक अनन्त थापाले नेपाली महिला टिमको घोषणा गरेका छन्। केही साताको बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक थापाले शुक्रबार २२ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन्।
गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा घोषणा गरिएको टिममा डिफेन्डर सृजना चेम्जोङ पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् भने यस्तै, पुजा रानाले टिममा पुनरागमन गरेकी छिन् ।
यस्तै, यू–२० टिमकी कप्तान तथा राष्ट्रिय टिमकी नियमित सदस्य प्रीति राई २२ सदस्यीय टिममा अटाउन सकिनन्। अभ्यासका क्रममा घाइते भएकाले प्रीति टिमबाट बाहिएको प्रशिक्षक थापले बाताए।
ओलम्पिकको एसिया छनोटमा नेपालले भियतनामसँग घरेलु मैदानमा खेल्दैछ। समूह ‘सी’मा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेल्न लागेका हुन्।
नेपाल र भियतनामबीचको पहिलो खेल चैत २२ गते हुनेछ भने दोस्रो खेल चैत २५ गते हुनेछ। छनोटको शीर्षस्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छ।
यस्ताे छ टिम
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ
मिडफिल्डरः रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक