°
, June 2, 2023 in
भलिबलसमाचार

नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा, बंगलादेश ३–०ले पराजित

SHARE:

नेपालमा सोमबरबाट सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाली टिमले लगातार दोस्रो जित निकालेको छ।

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हल नेपालले बंगलादेशमाथि ३–०को सोझो सेटमा हरायो।

पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ।

लागतार दोस्रो जितसँगै नेपाल समूह एबाट एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि नेपालले सोमबार कीर्गिस्तानलाई पनि ३–०मै सेटमा हराएको थियो।

अब नेपालले समूहको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारत पनि लागतार दोस्रो जितसँगै सेमिफाइनल पुगिसकेको छ। यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लगाउने छ।

SHARE: