एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम, ५ टिमले नाम फिर्ता लिए

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम सहभगाी हुने भएका छन् । २१औं संस्करणको प्रतियोगितामा सहभागी हुने भनिएका ५ टिमले नाम फिर्ता लिएपछि प्रतियोगितामा १२ टिम मात्र सहभागी हुने भएका हुन् ।

प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने छ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो ।

यसअघि च्याम्पियनसिप चीनमा आयोजना हुने भनिएको थियो, तर चीनले आयोजकबाट नाम फिर्ता लिएपनि प्रतियोगिता फिलिमिन्समा सारिएको हो ।

प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्यान्डले नाम फिर्ता लिएका छन्। अब प्रतियोगितामा नेलासहित आयोजक फिलिपिन्स, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, कजाकस्तान, ताइपेई, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान र हङकङ सहभागी हुनेछन् ।

प्रतियोगिताका लागि नेपाली टिममले असार १ गतेदेखि बन्द प्रशिक्षण सुरु गरिसकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भइरहेको बन्द प्रशिक्षणमा ३० खेलाडी सहभागी छन् ।

Facebook Comments Box