एएफसी महिला एसियन कप छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

एएफसी महिला एसियान कप छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससको सामाना गर्ने छ। छनोटको समूह एफअन्तर्गतको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८मा हुने छ।

नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१मा खेल्ने छ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ ।

छनोटका सबैखेल उज्वेकिस्तानमा आयोजना हुने छ । यसअघि समूह एफको छनोट खेल नेपालमै आयोजना हुने तय थियो । अन्तिम समयमा कोरोनाको कारण देखाउँदै छनोट खेल नेपालबाट उज्वेकिस्तान सारिएको हो।

समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुने एसियन कप खेल्ने छन्।

एसियन कम छनोटका लागि नोपाली टिम विगत एक महिनादेखि तयारीमा छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २८ खेलाडी बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गराइरहेका छन्।